धार्मिक क्षेत्र पाथीभरामा हिमपात

धार्मिक क्षेत्र पाथीभरामा हिमपात

653

ताप्लेजुङ । पाथीभरा धार्मिक क्षेत्रमा हिमपात सुरु भएको छ । यो वर्षको पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिमपात भएको छ ।

केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
हिमपातसँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

तीन हजार ७९४ मिटरको उचाइमा पर्ने सो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाएको छ ।

तपाईको बिचार