लेखनाथ सिकारू
काठमाण्डौं । १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १४० औ जन्म जयन्ती आज उनको कर्मभूमि पाँचथर सहित देश विदेशमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विक्रम सम्मत १९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका नरध्वज लिङदेन कर्मले फाल्गुनन्द हुन पुगेका थिए ।
उनी सिकिस्त बिरामी परेपछि निको हुने भन्ने जनविश्वासका आधारमा फलामका चुरा लगाइ दिए पछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ । १६ वर्षमा बर्मामा बृटिस सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानव मानवको हत्या हिंसा देखे पछि उनी मानव मानव बिचको लडाइ काटमार वाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर समेत छाडेर नेपाल फर्किएका थिए ।
पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नु पर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए । उनले लिम्बूहरूको जन्म विवाह मृत्यु संस्कारलाई समयानुकुल परिवर्तनको लागी कार्य गरेका थिए । ंसंस्कृति भित्र झाँगीएका विकृतिलाई समय अनुकुल परिमार्जन र परिवर्तन गरेर सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्छ भन्ने नैतिक सन्देश उनले जगाएका थिए ।
पूर्वको लिम्वुवानी समाजका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता ,ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ। ८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने , झुटो बोल्नु नहुने ,नारीहरू सृष्टि कर्ता भएकोले उनिहरुलाइ समाजमा उच्च सम्मान दिनु पर्ने , आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पुजा आराधना गर्नु पर्ने , मासु मांस तथा मदिरा पान गर्नु नहुने साथै देवी देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए ।
तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगति र कुरितिहरुलाई संसोधन गरी राम्रा रिति रिवाजको संरक्षण र खराब कुराहरुलाई सच्याउनु पर्ने भन्दै विक्रम सम्वत् १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथर जिल्लाको फिदिम स्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० वुंदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागु गरेका थिए ।
ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिम सृङखलालाई किराँतिहरुको पवित्र धार्मिक स्थत तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए । सोही अनुरूप अहिले समेत किराँतहरूसहित विशेषत कोशी प्रदेशका बासिन्दाले कुम्भकर्णलाइ पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यस बेलामा समेत आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ ।
किराँतीहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गर्दै भारत , भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देश द्रोहिको आरोप समेत खेप्नु परेको थियो । लिङदेनको विक्रम सम्वत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २ ) हाङयक भन्ने स्थानमा मृत्यु भयो ।
उनको मृत्यु पछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने संघ संस्थाले कार्तिक २५ गते जन्म जयन्ती मनाउँदै आएका छन् ।
लिङदेको समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ । सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ । यस्तै उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । कोशीको दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । यसका अलावा पूर्वमा फाल्गुनन्दका नाममा थुप्रै प्रतिष्ठान र संघ संस्थाहरुले सामाजिक कार्य गरीरहेका छन् ।
समाजको आर्थिका समाजीक सांस्कृतिका सुधारमा लागेका फाल्गुनन्दले पापले सकिन्छ धर्मले वढिन्छ , वोलेन भने झगडा हुँदैन , हजारौ तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ , खराब धेरै छोरा भएर के हुन्छ एउटा असल सन्तानले घर सुहाउँछ जस्ता समाज सुधारका उपदेशहरु अहिले समेत उपयोगी र समय सापेक्ष छन् । आफ्नो मौलिकतालाइ विर्सेर पथ भ्रष्ट हुनु हुन्न धर्म संस्कार र संस्कृतिका नाममा तडक भडक गर्नु हुन्न ,आफ्नो गच्छे अनुसार धर्म संस्कार र संस्कृति मनाउनु पर्छ , मदिरा सेवन गरी आर्थिक र समाजीक रुपले भ्रष्ट हुनु हुन्न , अरुलाइ खुशि तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु वलि गर्नु हुन्न भगवानको पुुजा आराधना त नैवेद्य तथा फलफुल चढाएर गर्नु पर्छ जस्ता सामाजीक चेतना फैलाएर समाज सुधारमा लाग्नु भएका फाल्गुनन्दको समाज सुधारको निति विश्व सामु अनुकरणिय छ ।
राष्ट्रिय विभूति किराँत धर्मका पथ प्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्सनिक फाल्गुनन्दको कर्म भूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी उनको समाधिस्थल हरेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् । नेपाल सरकारले राजा जनक , सीता , गौतम वुध्द , अंशु वर्मा , राम शाह , पृथ्वी नारायण शाह , भीमसेन थापा , अमरसिं थापा , वलभद्र कुंवर , भक्ति थापा , त्रिभुवन ,कलाकार अरनिको , युवाकवि मोतिराम भट्ट , आदिकवि भानुभक्त आचार्य , समाज सुधारक शंखधर साख्वा ,महिला पर्वतारोहि पासाङ ल्यामु शेर्पा पछि समाज सुधारक महाँगुरु फाल्गुनन्द लिङदेनलाई १६ औ राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ ।
पर्वकै रुपमा फाल्गुनन्द जयन्ती
किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गते लाई विशेष पर्वका रुपमा मनाइएको छ । फाल्गुनन्दको जन्म जयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लाहरुसहित राजधानी काठमाण्डौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् भने यस अवसरमा कोशि प्रदेशले सार्वजनिक विदा नै दिने गरेको छ ।
फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सवै भन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्परा भित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बुवान क्षेत्रका शासक, विद्वान र धार्मिकरसामाजिक अगुवाहरुलाई वि।सं। १९८८ साल बैशाक १० गते पाँचथरको फिदिमा भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।
सत्यधर्म मुचुल्कामा छोरी चेलीको विबाह गर्दा सोत-रीत (पैसा) लिनु नहुने, भगवानको पूजागर्दा प्राणीको हत्यागर्न नहुने, मद्यपान र मासु सेवनकमगर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिकरसाँस्कृतिकपक्षहरु समेटिएका छन् ।
मुचुल्का र समाजसुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन बैशाक १० गते लाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाई छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।
लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा ब्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोडदिएको छ ।
मादकपदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवननगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।
मुन्धुम लिपिकरण-
महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गरेका थिए । सदियौंदेखि मौखिक परम्परामा (थुतुरवेद) अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजंगा लिपिमा लिपिवद्ध गर्न सुरु भएको थियो । मुन्धुमहरुलाई प्रयोग र अध्यायन गर्न ताप्लेजुङ, पाँचथर, इलाम र भुटानका विभिन्न स्थानहरुमा माङहीमहरु स्थापना गरि पठनपाठन सुुरु गरीएको थियो ।
मातृभाषामा शिक्षाको पहल-
समाजको पछौटेपन र अज्ञानताका कारणका रुपमा ‘अशिक्षा’ रहेको समाजमा उनको पहलमा वि.सं. १९८८ बैसाक २४ गते लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधरण, भक्तजन र तुम्याहाङहरुको भेलाले सातबुँदे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्कामा युमा माङहीम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन स्कूल खोल्ने उल्लेख गरेको थियो । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहीमहरुमा मुन्धुम शिक्षा पठन-पाठनका माध्यमबाट हजारौं भक्तजनलाई साक्षर भए ।
समानता र नारीवादी आन्दोलनका प्रदर्शक-
फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट अहिंसा र मानवतावादी आन्दोलन अघि सारेका थिए । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेदलाई हटाउन पर्ने भनिएको छ । सत्यधर्म मुचुल्काको पहिलो बुँदामा मुचुल्कामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख गरेको छ । उ बेला छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो। किरात लिम्बू समुदायमा छोरीको विवाहमा ‘मोल’ नै तोकेर सोतरित लिने चलन समाजमा थियो । फाल्गुनन्दले लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्ने मुचुल्काको माध्यमबाट जोड दिएका छन् ।
बलिपूजा त्याग्ने विषयलाई सत्यधर्म मुचुल्काले अर्को जोड दिएको छ । आफ्नो भलो हुने आशामा अन्य प्राणीको बली चढाउने चलनलाई विरोध गर्दै सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई ‘माङ (इश्वर) को सन्तान’को रुपमा व्याखा गर्ने प्रयास गरेको छ । बलीपूजा जीव हिंसासँगसम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंसाको बाटोमा जीवनलाई डो¥याउनु पर्नेमा जोड दिएको छ । बलीपूजाको ठाउँमा फल-फूलसँग सेवा गर्नु पर्नेमा जोड दिएको छ ।
मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वाथ्यमा नकरात्मक असर पार्ने भएकोले यसको सेवन नगर्ने मुचुल्कामा समावेश गरिएको छ ।
प्रकृति संरक्षण-
महागुरु फाल्गुनन्द जहाँ पुगेपनि सेवा पूजा गर्ने गर्नुहुन्थ्यो । वहाँले हिमाल, डाँडा, खोला, जंगल, ओडार र मैदानहरुमा माङसेवा गर्नुहुन्थ्यो । वहाँले नेपाल, भारत, भुटान र वर्माका सयौं स्थानहरुमा सेवा लाउनुभएको कुरा विभिन्न लेख र पुस्तकमा उल्लेख भएको पाइन्छ । महागुरु फाल्गुनन्द प्रकृतिका सबै तत्वहरुलाई माङको अंशका रुपमा सम्बोधन गर्ने गर्नुहुन्थ्यो । जसले प्रकृतिसँग विवेकपूर्ण अन्तक्रिया गर्नेतर्फ प्रेरित गर्दछ । यसले खोलानाला, हावा पानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ ।
तपाईको बिचार