एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी खेल्ने तीन राष्ट्रका टाेली नेपाल आइपुगे

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी खेल्ने तीन राष्ट्रका टाेली नेपाल आइपुगे

147

काठमाडौं । नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा सहभागीता जनाउन अफगानिस्तानकाे पुरूष टाेली नेपाल आइपुगेकाे छ। उनीहरू मङ्गलवार बिहान नेपाल आइपुगेका हुन्।

यसै गरि आज बेलुका नै चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। उनीहरु अफगानिस्तान हायत प्यालेस र बाकी होटेल लेमोन ट्री मा रहने छन ।

यसै प्रतियोगिता का लागि पाेखरामा नेपाली टाेलीले करिब तीन महिना देखि अभ्यास गरिरहेकाे छ र आज नै नेपाली टाेली पनि काठमाडौं आईपुग्ने रग्बी संघले जनाएकाे छ।

प्रतियाेगिता आउन अब तीन दिन मात्र बाँकी रहेकाे छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दशरथ रङ्गशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियाेगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

पहिलो पटक नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता आयाेजना हुन लाग्दा रग्बी सघं पनि निकै नै उत्साहित छ।

यस प्रतियाेगिताका लागि तयारी तिव्र गतिमा चलिरहेकाे संघले जनाएकाे छ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् ।पछिल्लो समय नेपालमा पनि रग्बी खेल चर्चित बनिरहेको छ ।

तपाईको बिचार