काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषमा अस्थायी करार र ज्यालादारीमा कार्यरत श्रमिकहरूले आफूहरूले खाइपाइआएको तलबभत्ता दशैँ अघि नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोषमा कार्यरत स्थायी र मन्त्रालयबाट साउन १ गते पछि सिधै नियुक्ति भएका कर्मचारी बाहेकका वर्षौ देखि कार्यरत अस्थायी , करार तथा ज्यालादारीमा कार्यरत श्रमिकको ८१ साउन देखि तलब भत्ता रोकेको भन्दै अस्थायी कर्मचारीहरूले श्रमिकलाई कोषले आर्थिक नाकाबन्दी गरेको आरोप लगाएका छन् ।
मजदुरहरूले यही असोज १८ गते शुक्रबार बिहान ११ बजे सम्म तलब भत्ता नदिए शुक्रबार मध्याह्न १२ बजे देखि कोषमा आन्दोलन सुरु गर्ने बताएका छन् ।
मजदुर नेता रवि केसी पशुपतिका अस्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीको तलब भत्ता रोकेर कोषले कर्मचारीप्रति श्रमशोषण गरेको भन्दै उनीहरूको आन्दोलनमा आफूहरूको पनि ऐक्यवद्धता रहने बताए । नेता केसीले कोषले पटक पटक यसरी अस्थायी करार र ज्यालादारीका कर्मचारी प्रति गरेको व्यवहार प्रति दुख प्रकट गरे ।
तपाईको बिचार