एकीकृत समाजवादी सिन्धुलीको अध्यक्षमा लुङ्गेली 

एकीकृत समाजवादी सिन्धुलीको अध्यक्षमा लुङ्गेली 

1447

सिन्धुली । नेकपा ( एकीकृत समाजवादी )  सिन्धुली जिल्ला कमिटीको नवौँ बैठक सम्पन्न भएको छ । बैठकले रिक्त रहेको जिल्ला कमिटीको अध्यक्ष पदमा तत्कालीन उपाध्यक्ष चित्र लुङ्गेली लाई मनोनयन गरेको छ ।

शनिबार सिन्धुलिको पार्टी कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका अध्यक्ष सूर्य पाख्रिन केन्द्रीय कमिटी सदस्य भएपछि रिक्त रहेको अध्यक्ष पदमा लुङ्गेलीलाई मनोनयन गरेको केन्द्रिय सदस्य जानुका श्रेष्ठले बताइन् ।

बैठकले उपाध्यक्षमा तत्कालीन सचिवालय सदस्य  तीर्थ दाहाल र सङ्घीय क्षेत्र नम्बर १ को इन्चार्ज मा  लिलबहादुर पौडेललाई सर्वसम्मतबाट मनोनयन गरी जिम्मेवारी प्रदान गरेको छ ।  

कार्यक्रममा नेपाल कम्युनिस्ट  पार्टी ( एकीकृत समाजवादी ) का पोलिटब्युरो सदस्य गङ्गा प्रसाद नेपालको प्रमुख आतिथ्यमा  विशिष्ट अतिथि केन्द्रिय सदस्य  जानुका श्रेष्ठ रहनु भएको थियो  सूर्य पाख्रिनको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर