एकीकृत समाजवादीको निर्णय, प्रदेश इन्चार्जलाई सदस्यको खाका तयार गर्ने जिम्मा

एकीकृत समाजवादीको निर्णय, प्रदेश इन्चार्जलाई सदस्यको खाका तयार गर्ने जिम्मा

935

काठमाण्डौं,२३ असार । नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्जलाई केन्द्रीय कमिटी सदस्यको खाका तयार गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारीअन्तर्गत केही दिनभित्र केन्द्रीय सदस्यहरूको ड्राफ्ट तयार भएपछि केन्द्रसँग परामर्श गर्ने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहने गरी निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यसभन्दा पहिला इन्चार्ज भएकाहरूलाई यथावत् गरेका छौँ अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरूसहितको केन्द्रीय कमिटीमा भएका सदस्यहरूसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्नका लागि र केन्द्रीय सदस्यमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ,’ खतिवडाले भने, ‘जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ , केन्द्रसँग परामर्श गर्नुहुनेछ ।

अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेछ । बढीमा १० दिनभित्रमा काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ भन्ने निर्णय भएको छ ।’

तपाईको बिचार

सम्बन्धित खबर