बाग्लुङ, २७ असोज । करेन्ट लागेर बाग्लुङकाे गलकाेट नगरपालिका–३ हटिमा एक जनाकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार करेन्ट लागेर हटियामा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत सुर्खेतकाे गुरुवाकाेट नगरपालिका–६ घर भई अहिले हटिया बस्दै आएका ४४ वर्षीय प्रेमबहादुर विश्वकर्माकाे मृत्यु भएको हो ।
शुक्रबार दिउँसाे उद्याेगमा काम गर्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेकाे थियाे । करेन्ट लागेर गम्भीर घाइते भएका विश्वकर्माकाे स्थानीय इमर्जेन्सी पाेलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएकाे हो ।
तपाईको बिचार