जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

771

काठमाडौँ, १२ असार । अर्थमन्त्री डा. प्रकाशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्वाचन आयोगले जसरी चाहन्छ, त्यसरी नै निर्वाचन कार्यालय रहने बताए । उनले भने, “जिल्ला निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहेनछन् । अझ सबल बनाउन के प्रबन्ध गर्नुपर्छ, सरकारले के गर्नुप¥यो ? सरकार गर्न तयार छ,” “जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन । निर्वाचन आयोगले जसरी चाह्यो, त्यसरी राख्न सकिनेछ ।”

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने आफूहरूको मनसाय नभए पनि बजेट वक्तव्यमा पर्न गएको जिकिर उनले गरे । “हामीले निर्वाचन कार्यालय खारेजी भनेका थिएनौँ । खारेजी शब्द पर्न गयो,” उनले भने । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयप्रति सांसदले तीव्र विरोध जनाएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर