नागरिकता बिधेयक प्रमाणीकरण गर्ने काम सर्बभौम संसदमाथिको नांगो अतिक्रमण हो : सचिव भट्टराई

नागरिकता बिधेयक प्रमाणीकरण गर्ने काम सर्बभौम संसदमाथिको नांगो अतिक्रमण हो : सचिव भट्टराई

958

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संबिधानको घोर उलंघन गरेको बताएका छन् ।

अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको नागरिकता बिधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानकै उल्लङ्घन गरेको भट्टराईले बताए ।

यो काम सर्बभौम संसदमाथिको नांगो अतिक्रमण हो । संबिधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संबिधानमाथि आक्रमण गर्नु चिन्ताको बिषय हो । प्रमाणीकरण सम्बन्धि बिज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जबकी बिधेयक प्रमाणीकरणको बिषय संबिधानको को धारा १११ र ११३ अनुसार मात्र हुनसक्छ ।

नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र भट्टराईले प्रश्न गरेका छन ।

तपाईको बिचार