राष्ट्रिय युवा संघका सवै पदहरु लोकतान्त्रिक पद्धतिबाट छनोट हुन्छ : इन्चार्ज बस्नेत

राष्ट्रिय युवा संघका सवै पदहरु लोकतान्त्रिक पद्धतिबाट छनोट हुन्छ : इन्चार्ज बस्नेत

667

सिराहा। राष्ट्रिय युवा संघ नेपाल सिराहा जिल्ला कमिटीको ९औं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले युवा नै भोलीको मुलुक हाक्ने नेतृत्व भएकाले बैज्ञानिक रुपमा युवा प्रविधि, राजनीतिक रुपमा सक्षम हुुनपर्नेमा जोड दिनुभयो ।

युवाले समाज परिवर्तनको मुद्धा बुझ्नुपर्ने र समाजवादमा रुपान्तरण गर्न संघले विशेष रणनीतिका साथ अगाडी बढ्नुपर्ने उहाँले बताउनुभएको छ । युवा संघका नेता तथा कार्यकर्ताहरुले पदको पछि लाग्ने भन्दा पनि क्षमता, योग्यता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायका पक्षमा उभिने युवा संघका नेता तथा कार्यकर्ता नै एमालेको सच्चा नेता भएको बताउनुभयो । संघको महाधिवेशनमा समेत सोही अनुसार नेतृत्व छनोट हुने उल्लेख गर्दै उहाँले संघका सवै पदहरु लोकतान्त्रिक पद्धतिबाट छनोट हुने उद्घोष गर्नुभयो ।

संघले युवा आन्दोलन, उत्पादन र रोजगारीको कारखाना बन्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले पदको लागि दैडमा रहेका प्रति संकेत गर्दै जवरजस्ती भएको नेताको आयु लामो नहुने चेतावनी दिनुभयो । नेतासँगै नजिक हुँदैमा नेता हुने नसोच्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘युवाले मुलुकको नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्नुहोस्, मिसन र भिजन बनाउनुस् । सामाजिक न्यायको काम गर्नुस् । तपाईलाई क्षमता, योग्यता र दक्षता अनुसारको जिम्मेवारी आउँछ ।’

हिजो काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्रीलाई जनताको आवाज राख्न खोज्दा नदिएपछि केही युवाहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा बोल्नेहरुको मुख थुनि अमानविय व्यवहार गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देश र जनताको पक्षमा बोल्नेहरुको मुख थुनिन थालेको छ, हामी बोल्न थालेका छौं कि छैनौं रु हामीले सडक छोडेका कारण अराजक तत्वहरु हाम्रो अगाडी आइरहेका छन् । त्यसको लागि संघले जनमुखी कदम चाल्नुपर्छ ।’

उहाँले एमालेको पक्षमा युवा विद्यार्थी छन् भन्ने कुरा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले हासिल गरेको विजयीलाई हेरे पुग्ने बताउनुभयो । हालसम्म अनेरास्ववियु पहिलो संगठनको रुपमा उभिएको छ । उहाँले भन्नुभयो, ‘देशभर युवा संघ र अनेरास्ववियु मिलेर एमालेको विरुद्धमा हुने गुण्डागर्दीको अन्त्य गर्यौ ।

अहिले पनि सप्तरीमा दादागिरी देखाउन खोजिँदैछ । म यहि मञ्चदेखि भन्छु, सप्तरीमा अनेरास्ववियु, युवा संघ र एमालेलाई दादागिरी देखाएर उपेन्द्र जिको पार्टीले निहु खोज्छ भने हामी देशभर लड्न र भिड्न तयार छ, राष्ट्रिय युवा संघ नेपाल । राष्ट्रिय युवा संघ शिर झुकाएर हिड्ने संगठन हैन । त्यही भनेर मैले भनेको छु, राष्ट्रिय युवा संघ रहर लाग्दो, भर लाग्दो तथा परि आउँदा डर लाग्दो हुनुपर्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर