गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान सक्दैन : अध्यक्ष ओली

गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान सक्दैन : अध्यक्ष ओली

31

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने बताउनु भयो ।

सरकारका मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले बताउनु भयो । ओलीले भन्नु भयो, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् ।

पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भन्नु भयो अचम्म अचम्मका मान्छे मन्त्री भएका छन् । ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?, उहाँले भन्नु भयो, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

तपाईको बिचार