३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको उद्घाटन आज

556

काठमाडौं । नेपाल बक्सिङ महासंघको आयोजनामा हुने ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप २०८३ आज अपराह्न ३:३० बजे उद्घाटन हुँदैछ। प्रतियोगिताको उद्घाटनसँगै पहिलो दिनको खेल तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगिताको पहिलो सत्र (Session-1) अन्तर्गत पुरुषतर्फ प्रि-क्वार्टरफाइनल तथा महिलातर्फ क्वार्टरफाइनलका खेलहरू सञ्चालन हुनेछन्।

पुरुषतर्फ ५५ केजी, ६० केजी र ७० केजी तौल समूहमा कुल ६ प्रतिस्पर्धा हुनेछन्। ५५ केजीमा सुरज घर्ती मगर र प्रेम चौधरीबीचको भिडन्तबाट खेल प्रारम्भ हुनेछ। त्यस्तै रोहन सारु र सिङ्घभीर लिम्बूबीच प्रतिस्पर्धा हुनेछ।

६० केजीमा मिलन सार्की र सुरज भट्टराई तथा नितेश नेपाली र विक्रम परियार आमनेसामने हुनेछन्। ७० केजीमा भुगोल बम ठकुरी र आर्यन तामाङ तथा भरत चन्द र विकाश रानाबीच प्रतिस्पर्धा हुनेछ।

महिलातर्फ ५१ केजी र ५४ केजी तौल समूहका क्वार्टरफाइनल खेलहरू हुनेछन्। ५१ केजीमा रोशनी बस्नेत, नाङ्जा बुढा मगर, आरती भोम्जन, रोजना चौधरी, लादिप्मा राई, देविका गुरुङ, सङ्गीता राना तथा मनिषा राई प्रतिस्पर्धामा उत्रिनेछन्।

त्यसैगरी ५४ केजीमा सुशीला भोलन र सुस्मा तामाङ तथा अनिता ओली र माध्यिका अधिकारीबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

देशभरका सात प्रदेश तथा तीन विभागीय टोलीसहित कुल १० टोलीको सहभागिता रहेको प्रतियोगिताले नेपाली बक्सिङका उत्कृष्ट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ।

प्रतियोगिता असार १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ।

तपाईको बिचार

सम्बन्धित खबर