समायोजन बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

913

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकास्थित समायोजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दामोदर पौड्यालको सभापतित्वमा शनिबार ( १२ पुष , २०८२) सम्पन्न उक्त साधारणसभामा नगरपालिकाका उपप्रमुख अनिता लामा, वडा अध्यक्ष तथा संस्थाका ६०० जना भन्दा बढी सदस्यहरुको उपस्थितिमा रहेको थियो।

साधारणसभाले संस्थाका संचालक समितिका अध्यक्ष पौड्यालले प्रस्तुत गरेका समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । त्यस्तै , संस्थाको वासलात, लेखासुपरीक्षण प्रतिवेदन , नगद प्रवाह विवरण , नाफानोक्सान हिसाब लगायतका वित्तीय प्रतिवेदन पनि सभाले पारित गर्यो।

कार्यक्रममा अध्यक्ष पौड्यालले सहभागी सबै सदस्यहरु, अतिथिहरु तथा शुभचिन्तकहरु प्रती आभार व्यक्त आफ्नो सहकारीले नाफा कमाउने भन्दा पनि सदस्यहरुको सर्वाङ्गिण हितमा ध्यान दिएको बताएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर