शीतलहर–हिमपातबाट प्रभावितलाई तत्काल सहयोग गर्न संयोजक प्रचण्डको अपील

1057

काठमाडौँ । मौसममा आएको परिवर्तनसँगै तराई–मधेश क्षेत्रमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । यस अवस्थाप्रति ध्यानाकर्षण गराउँदै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित नागरिकलाई तत्काल सहयोग पु¥याउन सरकारसँग अपील गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै संयोजक प्रचण्डले शीतलहर र हिमपातका कारण विशेषगरी गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका तथा सीमान्तीकृत समुदाय बढी जोखिममा परेको उल्लेख गर्नुभएको छ । उहाँले राहत, उद्धार र स्वास्थ्य सेवामा कुनै ढिलाइ हुन नदिन सरकारका तीनवटै तह गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले सम्भावित मानवीय क्षति न्यूनीकरणका लागि न्यानो कपडा, खाद्यान्न, अस्थायी आश्रय तथा स्वास्थ्य उपचारको तत्काल व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । साथै प्रभावित क्षेत्रको अनुगमन गर्दै आवश्यक समन्वयका साथ राहत वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

संयोजक प्रचण्डले पार्टीका सबै समिति तथा जनसंगठनलाई पनि प्रभावित समुदायको सेवामा सक्रिय हुन निर्देशन दिनुपर्ने आवश्यकता औंल्याउँदै जनताको जीवन रक्षा र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सबै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

तपाईको बिचार