काँग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काँग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

633

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार काठमाडौँको महाराजगन्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

कांग्रेस र एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालतमा गएको अवस्थामा भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस र एमालेले विघटित प्रतिनिधि सभाका सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला देउवा र ओलीको भेट भएको छ ।

तपाईको बिचार