जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ ।
सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाएको हो ।
जसपा नेपालका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा महतो छन् । यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं। २ ९क० बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी एमालेका त्रिलोकी चौधरीको प्रस्तावकमा एमालेकी सांसद शारदा देवी थापा र समर्थकमा जय चन्द्र प्रसाद पटेल छन् । एमालेका यादव बारा क्षेत्र नं। १ ९क० बाट निर्वाचित सांसद हुन् ।
मधेश प्रदेशसभाले प्रदेशसभा कार्य सञ्चालन नियमावली ७ बमोजिम निर्वाचन कार्यक्रम अन्तर्गत सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दिने समयावधिमा क्रमशः रामअशिष यादव र त्रिलोकी यादवको उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो ।
मधेश प्रदेशसभाको आज दिउसो १ बजे बस्ने बैठकमा सभामुख पदको मतदान हुने कार्यसूची रहेको छ ।
तपाईको बिचार