नेपाली होटल व्यवसायी संघका अध्यक्षमा सामदेन लामा (दीपक) निर्वाचित

539

३ असोज, काठमाडौँ । नेपाली होटल व्यवसायी संघका अध्यक्षमा सामदेन लामा (दीपक) निर्वाचित भएका छन्। संघको शुक्रबार ( २ असोज, २०८३ ) सम्पन्न भएकाे २४औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट आगामी दुई वर्षको कार्यकालका लागि सामदेन लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। अधिवेशनको समुद्घाटन समारोह संघका निवर्तमान अध्यक्ष गणेश ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।

संघको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा लामाका साथै महासचिवमा ईन्द्र प्रसाद ढकाल , सचिवमा प्रकाश शर्मा , कोषाध्यक्षमा बिमल चौहान लगायत रहेका छन्।

नवनिर्वाचित अध्यक्ष सामदेन लामाले आगामी दिनमा संघ र व्यवसायीहरूको हकहितको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली होटल व्यवसायी संघ २०५७ साल पौष २८ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा समर्पित संस्था हो। हाल संघमा काठमाडौँ गोंगबु क्षेत्रका ५०० भन्दा बढी होटल व्यवसायीहरु सदस्य रहेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर