सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ : चन्द्र भण्डारी

सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ : चन्द्र भण्डारी

619

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति पदको आकांक्षी रहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै भण्डारीले १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट रहेको उल्लेख गर्दै दृष्टिकोण पनि उति नै निर्धारित रहेको बताएका छन् ।

भण्डारीले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने समेत बताएका छन् ।

उनले भनेका छन् – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित १ तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।

तपाईको बिचार

सम्बन्धित खबर