निजी क्षेत्रको सुरक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री खनाल

603
फाईल तस्बिर

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा र विश्वास स्थापना गर्न सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको स्पष्ट गरेका छन्। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हालको ‘जेनजी आन्दोलन’ले निजी क्षेत्रमा देखिएको त्रासप्रति गम्भीर चासो व्यक्त गरे।

अर्थमन्त्री खनालले आन्दोलनमा देखिएको असन्तुष्टि सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रतिको आक्रोशका रूपमा अभिव्यक्त भएको बताए। “विकासमा समावेशिता नहुनु र बढ्दो बेरोजगारीका कारण युवाहरूमा जमेको पीडा आन्दोलनमार्फत बाहिरिएको हो,” उनले भने।

सरकार निजी क्षेत्रको पूर्ण सुरक्षामा प्रतिबद्ध रहेको ठहर गर्दै उनले थपे, “सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्मानपूर्वक बाँच्न सक्ने वातावरण नै वास्तविक सुरक्षा हो, र सरकार यसमा गम्भीर छ।”

तपाईको बिचार