काठमाडौं । कोरियन भाषा परीक्षा भोलिदेखि देशभर सुरु हुँदैछ। यसपटक उत्पादनमूलक क्षेत्रका लागि सञ्चालन हुने परीक्षामा ६७ हजार २९७ जनाले सहभागिता जनाउने भएका छन्। परीक्षा माघ २७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।
रोजगार अनुमति प्रणाली (Eps) अन्तर्गत कोरियन भाषा परीक्षा दिनका लागि यस वर्ष १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका थिए। आवेदन साउन २६ देखि ३१ गतेसम्म खुला गरिएको थियो। आवेदनदातामध्ये उत्पादनमूलक क्षेत्रतर्फ सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको शाखाले जनाएको छ।
शाखाका अनुसार, यो वर्षको EPS–KLT परीक्षाबाट करिब ५ हजार ३ सय जनाले उत्तीर्ण हुने अनुमान गरिएको छ।
जसमध्ये उत्पादनमूलक क्षेत्र करिब ३ हजार ५०० कृषि तथा पशुपालन करिब १ हजार ८०० उत्तीर्ण हुने अपेक्षा गरिएको छ।
परीक्षा दैनिक अधिकतम ५ सिफ्ट गरी सञ्चालन गरिनेछ। परीक्षा व्यवस्थापनका सबै तयारी पूरा भएको र सुरक्षा व्यवस्था कडाइका साथ मिलाइएको सम्बन्धित शाखाले जनाएको छ।
तपाईको बिचार