नेपाल अहिले इतिहासकै कमजोर र अनिश्चित अवस्थामा : डा. बाबुराम भट्टराई

नेपाल अहिले इतिहासकै कमजोर र अनिश्चित अवस्थामा : डा. बाबुराम भट्टराई

636

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै सम्भवतः सबैभन्दा कमजोर, अस्थिर र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृतिदेखि मनोबलसम्म सबै मोर्चामा गम्भीर चुनौती देखिएको उल्लेख गरेका छन्।

भट्टराईका अनुसार वर्तमान परिस्थिति “घरमा आगो लाग्दा कोठा भागबण्डा गर्ने वा आरोप–प्रत्यारोपमा लाग्ने जस्तो स्थिति” होइन। बरु सबैले मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने संकल्प गर्नु आवश्यक रहेको उनले बताएका छन्।

“सबैले गम्भीर आत्म–समिक्षा गरौँ, नत्र इतिहासले कसैलाई क्षमा गर्‍दैन,” भट्टराईले चेतावनी दिएका छन्।

उनले भनेका छन् :

नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप(प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म-समीक्षा गरौं – नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !

तपाईको बिचार