प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त

797

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गर्ने तयारी गरेको छ। नयाँ मन्त्रीहरूको नाम टुंगो लागेसँगै चार मन्त्रालयमा नियुक्ति हुन लागेका छन्।

तयार पारिएको सूचीअनुसार, सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।

सरकारले चारै जनालाई आजै शपथ ग्रहण गराउने तयारी गरेको बताइएको छ।

तपाईको बिचार