काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि संस्थागत गरेर थप अधिकार खाेज्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
जिल्ला समन्वय समिति काठमाडौंले आयाेजना गरेकाे वर्तमान जिल्ला समन्वय समितिकाे ३ वर्ष पुगेकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उपप्रधानमन्त्री सिंहले जिल्लाकाे विकासकाे कामलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । संविधान निर्माणकाे क्रममा जिल्ला समन्वय समिति राख्ने कि नराख्ने बहस भएकाे भन्दै नेपाली कांग्रेसकाे अडानकै कारण समन्वय समिति राख्न सम्भव भएकाे स्मरण गर्नुभयाे ।
`राजनीतिक स्थीरताकाे जगमा जनताकाे जीवन र जिविका सहज हाेस् भन्ने जनताकाे चाहना पूरा गर्नका लागि नै अहिलेकाे सरकार बनेकाे हाे,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खाेजिएकाे छ । आर्थिक विकास र पूर्वाधार विकास निर्माणकाे हिसावले प्रजातान्त्र पुनःस्थापन पछि धेरै काम भएका छन् । तर, अझै गर्न धेरै बाँकी छ । त्यसका लागि सरकारले काम गरिरहेकाे छ ।´
कार्यक्रममा संविधानसभा सदस्य ध्यानगाेविन्द रञ्जित, भीमसेनदास प्रधान, प्रतिनिधिसभा सदस्य राजन केसी, कांग्रेस नेता गाेविन्द भट्टराईले जिल्ला समन्वय समितिकाे भूमिकाका बारेमा चर्चा गर्नुभएकाे थियाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका देशभरका प्रमुख,उपप्रमुखसहित पालिकाका प्रमुख, उपप्रमुखकाे सहभागिता रहेकाे आयाेजकले बताएकाे छ ।
तपाईको बिचार