पाटन क्याम्पसमा झडप, अनेरास्ववियुका चार जना घाइते

पाटन क्याम्पसमा झडप, अनेरास्ववियुका चार जना घाइते

585

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा झडप भएको छ । झडपमा परेर अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् ।

स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका छन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको बताएका छन् ।

फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरे । गुण्डागर्दी बन्द गर्न र नगरे अनेरास्ववियु कडा भन्दा कडा प्रतिवादमा उत्रिने चेतावनी दिए । फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि पाटन क्याम्पसमा १०० जनाले मतदान गरेपछि स्थगित भएको थियो ।

त्यसपछि विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय छलफल गरिएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको थिएन । अहिले पाटनमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर