अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक

अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक

581

काठमाडौँ । गत फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बीर सार्बजनिक गरिएको छ ।

भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस तस्विरमा पोप रोमको जेमेली अस्पतालको एक निजी चैपलमा ह्वीलचेयरमा बसिरहेको देखिन्छ । भ्याटिकनका अनुसार पोपले आइतबार पनि थोरै काम गरेका थिए ।

पोप अस्पताल भर्ना भएको आइतबार ३१ दिन पुरा भएको छ । फेब्रुअरी १४ मा अस्पताल भर्ना भएपछि यो उनको पहिलो तस्बिर हो । ८८ वर्षीय पोप निमोनियाबाट पिडित छन् । उनको स्वास्थ्यमा अहिले सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

तपाईको बिचार