‘नार्कोलोजी’ नामक पुस्तक बिमोचन

‘नार्कोलोजी’ नामक पुस्तक बिमोचन

767

काठमाडौ । अधिवक्ता निराज खड्का द्वारा लिखित ‘नार्कोलोजी नामक पुस्तक बिमोचन भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा सम्पन्न भएको छ ।
मन्त्रीपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधिस श्री खिलराज रेग्मी को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन पाल्पाली सङ्गमले गरेको थियो । उक्त कार्यक्रममा पाल्पाका प्रभुत्व साली राजनैतिक र सामाजिक ब्यक्तिहरु पुर्वप्रधान न्यायाधीश खिलराज रेग्मी , एकीकृत समाजबादी पार्टीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री सोम प्रसाद पाण्डे माननीय ठाकुर गैरे ,लगायतको समुस्पस्थितिले कार्यक्रम भव्य र सभ्य बनेको थियो भने कार्यक्रम संचालन जीवन भण्डारीले गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तब्य दिँदै पाल्पाली सङ्गमका उपाध्यक्ष केशब आचार्यले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए ।
नार्कोलोजी नामक पुस्तक लेखन अधिबक्ता निराज खड्का हुन भने , सम्पादक राम चद्र खड्का ,हिमालय ओलीले गरेका छन
। सम्पादन मन्डल
,अधिबक्ता स्याम प्रसाद उपाध्याय ,बिष्णु आचार्य अधिबक्ता निर्मला घिमिरे ,कृष्णहरी केसि रहेका छन।
पुस्तकमा लेखकले लागू औषधको परिभाषा सहित ,स्वास्थमा लागू औषध जानकारी ,गाजा लगायत लागू पदार्थ दुर्वेसनी लक्षण सम्बन्धि गहिरो अध्ययन सहित तयार पारिएको हुनाले यो पुस्तक सबैलाइ अपरिहार्य रहेको बताएका छन।
नेपाल सरकार सङ्घिय सांसद सचिवालयका महासचिव पदम पाण्डे तथा लेखक,समालोचक शुभास चन्द्र पोखरेलले पुस्तकको बारेमा समिक्षा गरेका थिए ।
वक्ताहरुमा पाल्पा क्षेत्रनं २ का संघिय सांसद ठाकुर गैरे, पुर्व मन्त्री तथा सांसद सोम प्रसाद पाण्डे, पुर्व सांसद कुल प्रसाद नेपाल, बरिस्ठ अधिबक्ता भोजराज आचार्य लगायतले पुस्तकमाथी छलफल र लेखकलाई धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईको बिचार