काठमाडौं। प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सरकारले समयमा नै संसद्को हिउँदे अधिवेशन बोलाएको भन्दै आलोचना गरेपछि एमाले महासचिव शङ्कर पोखरेलले त्यसको कडा प्रतिवाद गरेका छन् । पोखरेलले गत वर्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला माधको २३ गते हिउँदे अधिवेशन बोलाएको स्मरण गराउँदै प्रचण्डलाई प्रश्न गरेका छन्,तपाई प्रधानमन्त्री भएको बेला हिउँदे अधिवेशन कहिले बोलाउनु भएको थियो ?
प्रचण्ड सहित विपक्षी दलहरूले संसद्को हिउँदे अधिवेशन बोलाउन ढिला गरेको भन्दै बिशेष अधिवेशन डाक्ने चेतावनी दिइरहेकोबेला पोखरेलले यस्तो प्रश्न गरेका हुन् ।
प्रचण्ड जी आफू प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा वोलाएको विर्सनु भएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरुको वैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे, होइन त ?’ पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
तपाईको बिचार