सभामुखद्वारा लम्पी स्कीन रोकथामका लागि गरेका कामको जानकारी गराउन सरकारलाई रुलिङ

सभामुखद्वारा लम्पी स्कीन रोकथामका लागि गरेका कामको जानकारी गराउन सरकारलाई रुलिङ

727

काठमाडौँ, २९ असार । सभामुख देवराज घिमिरेले लम्पी स्कीन रोग नियन्त्रण तथा रोकथामका लागि गरेका काम कारबाहीको संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

लम्पी स्कीन रोगबारे सांसदहरुले कुरा उठाएपछि शुक्रबारको बैठकमा सभामुख घिमिरले रोग नियन्त्रण तथा रोकथामका लागि गरेका काम कारबाहीको संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठक असार ३१ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा आकस्मिक समय र शून्य समयमा सांसदहरुले आफ्नो धारणा राख्ने काम गरे भने प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले प्रतिनिधिसभामा उत्पति भएको “विनियोजन विधेयक, २०८०” राष्ट्रियसभाबाट पारित भएको सूचना प्रस्तुत गरे ।

तपाईको बिचार