पशुपति क्षेत्र विकास कोषका ३७ श्रमिक धर्नामा

पशुपति क्षेत्र विकास कोषका ३७ श्रमिक धर्नामा

804

काठमाण्डौं । पशुपति क्षेत्र बिकास कोषका ३७ जना श्रमिकहरु धर्नामा बसेका छन् । कोषले गैरकानुनीढंगबाट सरसफाइमा कार्यरत ३७ जना श्रमिकलाई काममा रोक लगाएको बिषयमा श्रम अदालत भक्तपुरले मिति २०७१ साल पुस ०५ गते काममा लगाउन दिएको अल्पकालीन अन्तरकालिन आदेश समेतलाई बेवास्ता गरि श्रमिकलाई हाजिर गर्न रोक लगाएपछि उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरु कोषमा काम गर्न नदिएकाले पशुपति क्षेत्र बिकास कोषमा अदालतको आदेश कार्यान्वयन गरि हाजिर लगाई काममा लगाउन भन्द धर्नामा बसेका हुन् ।

श्रमिकको आन्दोलनलाई ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य डाक्टर बिजय पौडेल धर्ना स्थलमा आई आज समस्याको समाधान नभए भोलि देखि आफ्नो उपस्थितिमा कडाइसाथ आन्दोलन गर्ने जनाउँदै आजको दिन धैर्य गर्न श्रमिकलाई निर्देशन दिएका थिए । कोष र श्रमिक बिच अहिले १ बजेबाट कोषको कार्यालयमा वार्ता हुँदै छ ।

तपाईको बिचार