नेपाल विद्युत प्राधिकरणले तत्काल उद्योगको लाइन नकाट्ने

नेपाल विद्युत प्राधिकरणले तत्काल उद्योगको लाइन नकाट्ने

583

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा तत्काल बिजुली नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बुधबार बसेको बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार विद्युत नियमन आयोगको चिठीअनुसार ​तत्काल उद्योगमा बिजुली नकाट्ने तर, वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको हो । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो ।

यसअघि प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो । सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको १५ दिनको अवधि आज सकिँदैछ ।

तपाईको बिचार

सम्बन्धित खबर