रविलाई ल्याइने छविलाई लैजाने

रविलाई ल्याइने छविलाई लैजाने

669

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ । भने बयानर्कै लागि पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयानपछि पोखरा लैजाने तयारी छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो ।

जोशीलाई शुक्रबार नै फर्काएर लामिछानेलाई शनिबार ल्याउने तयारी प्रहरीको छ । विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् ।

तपाईको बिचार