स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न

545

काठमाडौं। ठमेल गल्कोपाखास्थित स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सँस्थाका अध्यक्ष अमृत लाल श्रेष्ठको सभापतित्वमा शनिबार ( २४ असोज, २०८३) सम्पन्न भएको छ। सभाले सँस्थाको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

उक्त साधारणसभामा अध्यक्ष श्रेष्ठले सँस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक ध्रुव श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणमाथि छलफल गरिएको थियो।

समीक्षा आर्थिक वर्ष २०८२/८३ मा संस्थाको शेयर पुँजी रु. २८,०८१,६००/- र सम्पत्ति तथा दायित्व रू. ३३,४१,९८,७६९/- रहेको छ। संस्थाले यस वर्ष रु ४,८९९,८५७/- कुल बचत गरेको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश पारित गर्ने विषय, आर्थिक वर्ष २०८३/८४ को अनुमानित आयव्यय विवरण तथा वार्षिक नीति र कार्यक्रममाथि छलफल गरिएको थियो। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सदस्य चयन र विविध विषयमा समेत छलफल भएको थियो।

संस्थाको सञ्चालक समितिको २०८३ भदौ ३० गते बसेको बैठकको निर्णयअनुसार आयोजना गरिएको साधारण सभामा सदस्यहरूको सहभागितामा संस्थाको आर्थिक तथा संस्थागत गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

तपाईको बिचार