काठमाडौँ, २१ असार । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने र संसद् ‘फेस’ गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
सात दलले मिटरब्याज पीडितहरुलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेको छ ।
तपाईको बिचार