राष्ट्रिय शक्तिको रूपमा पार्टीलाई स्थापित गर्न यस्ता छन् एमालेका १८ बुँदे कार्य योजना (सूचीसहित)

राष्ट्रिय शक्तिको रूपमा पार्टीलाई स्थापित गर्न यस्ता छन् एमालेका १८ बुँदे कार्य योजना (सूचीसहित)

941

काठमाडौं नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न  १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले  मिसन ८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना प्रस्ताव गरेका थिए । बैठकले कार्ययोजनालाई पारित गरेको छ ।

 महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको जानकारी दिए ।

यस्ता छन् १८ बुँदे कार्य योजना

१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।

२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन ९कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने।

३. अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।

४. कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने ।

५. पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने ।

६. पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाउने । प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कूलमा भाग लिनैपर्ने ।

७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने ।

८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने । केन्द्रदेखि वडा सम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने ।

९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने ।

१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने ।

११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने । त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने ।

१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रुपमा लैजाने ।

१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने ।

१४. प्रवासमा रहेका प्रवासी बीचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने ।

१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने ।

१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने ।

१७. पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने ।

१८. पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने ।

तपाईको बिचार

सम्बन्धित खबर