दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा यचुरीको अभाव रहनेछ- महासचिव भुसाल

दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा यचुरीको अभाव रहनेछ- महासचिव भुसाल

701

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत महासचिव भुसाले सीताराम यचुरीको देहान्त भएकोप्रति दुःख व्यक्त गर्दै लेखेका छन्,-

‘भारतीय भूमिमा कम्युनिस्ट आन्दोलन र मार्क्सवादी विचारधारालाई फराकिलो क्षितिज निर्माणमा कमरेड यचुरीको अतुलनीय योगदान रह्यो। यसको प्रभावको रूपमा नेपालको कम्युनिस्ट आन्दोलनमा समेत सकारात्मक असरहरू अवश्य परे। नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँको प्रत्यक्षरअप्रत्यक्ष भूमिकासमेत रहेको छ।’

महासचिव भुसालले यचुरीको निधनले दक्षिण एसियामा कम्युनिस्ट आन्दोलन र मार्क्सवादी विचारधाराको प्रवर्द्धनमा अभाव रहने बताउनु भएको छ। महासचिव भुसालको भनाई छ, ‘विशेषगरी नेपालमा जारी माओवादी आन्दोलनलाई शान्तिपूर्ण अवतरण र गणतन्त्रिक आन्दोलनमा उहाँको सकारात्मक र सहयोगी भूमिका रहेको सर्वविदितै छ। उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको सदैव सहृदयी र सहयोगी रहनुभयो।

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको महासचिवको रूपमा राजनीतिक नेतृत्वमार्फत उहाँले खेलेको राजनीतिक भूमिका मात्रै हैन वैचारिक क्षेत्रमा उहाँको योगदान अझ महत्त्वपूर्ण रहेको छ। उहाँको देहान्तले दक्षिण एसियामा कम्युनिस्ट आन्दोलन र मार्क्सवादी विचारधाराको प्रबर्द्धनमा अभाव रहनेछ। उहाँको भौतिक जीवनको अन्तले प्रभावित हुनुभएका परिवारजन र पार्टी पंक्तिप्रति समवेदना छ।’

 

तपाईको बिचार