गण्डकी प्रदेश सरकारको प्राथमिकता पर्यटन- मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारको प्राथमिकता पर्यटन- मुख्यमन्त्री पाण्डे

747

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशको २९ औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए ।

सरकारले मनाङ र मुस्ताङमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा सङ्घीय पर्यटनमन्त्रीसहित सम्मेलनको तयारीमा सरकार रहेको उनको भनाइ थियो ।

तपाईको बिचार