आगलागीबाट एकजनाको मृत्यु

आगलागीबाट एकजनाको मृत्यु

761

बागलुङ, २७ असोज । बागलुङमा आगलागीबाट एकजनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो ।

आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । रासस

तपाईको बिचार

सम्बन्धित खबर