हिमालयन पावर पार्टनरको १३औँ वार्षिक साधारण सभा सम्पन्न

535

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको १३औँ वार्षिक साधारण सभा काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष गुरुप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा कम्पनीले प्रस्तुत गरेका विभिन्न सामान्य र विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको थियो। त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण, सञ्चालक निर्वाचन तथा अन्य आवश्यक प्रस्तावहरू पनि सभाबाट स्वीकृत भएका छन्।

सभाले आगामी कार्यकालका लागि गुरुप्रसाद ढकाल, महेन्द्रराज अधिकारी, दिवाकर पौडेल र अतुल आचार्यलाई सञ्चालक तथा हेमन्तकुमार दवाडीलाई स्वतन्त्र सञ्चालकका रूपमा चयन गरेको छ।

कम्पनीका अनुसार हाल अधिकृत पूँजी २ अर्ब ७० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५ सय रुपैयाँ तथा चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ पुगेको छ। व्यवस्थापनले कम्पनीको वित्तीय अवस्था क्रमशः मजबुत बन्दै गएको र भविष्यमा लगानीकर्तालाई प्रतिफल दिन सक्ने आधार थप सुदृढ हुँदै गएको जानकारी दिएको थियो।

तपाईको बिचार

सम्बन्धित खबर