गोदावरीका नेकपा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, उम्मेदवार राणाले स्वागत

837

ललितपुर, १ फागुन । ललितपुरको गोदावरी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभिन्न तहका नेता र कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। यस क्रममा नगरपालिकाका कार्यपालिका सदस्य बिना नगरकोटीसहित अन्य नेता–कार्यकर्ता पनि सहभागी थिए।

गोदावरी नगरपालिका वडा नं. २, विशंखुनारायणमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई कांग्रेसतर्फबाट ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार उदय शमशेर राणाले माला र टीका लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेहरूमा दलित वडा सदस्य उम्मेदवार नीता बिसुङ्खे, विशंखुनारायण खानेपानी समिति अध्यक्ष राजन विष्ट, र स्थानीय समाजसेवी दिनेश विष्ट रहेका छन्।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार राणाले गोदावरीका विभिन्न वडाबाट जनप्रतिनिधि र स्थापित नेताहरू कांग्रेसमा आइसकेकोले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे।
कार्यक्रममा बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले देशभरि कांग्रेस प्रवेशको लहर चलेको उल्लेख गर्दै, कांग्रेसलाई पहिलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने धारणा व्यक्त गरे।

पार्टी प्रवेश गर्ने अधिकांश युवाहरूले कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तन र सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू समाहित भएको बताए। निर्वाचनको मुखमा गोदावरी क्षेत्रका स्थापित युवा शक्ति र जनप्रतिनिधिहरू कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा पार्टीको चुनावी प्रभाव बढेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

तपाईको बिचार

सम्बन्धित खबर