काठमाडौ, १ फागुन । आगामी फागुन २१ गतेका लागि तय गरिएको आम निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक सक्रियता उच्च स्तरमा पुर्याएका छन्।
खुट्टामा लागेको चोट पूर्ण रूपमा निको नभएको अवस्थामा पनि लामिछानेले तीन दिनमा चितवन, नवलपरासी, रुपन्देही, पूर्वी नवलपुर, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँची गरी ९ जिल्लाका सबै निर्वाचन क्षेत्रहरूको भ्रमण पूरा गरेका छन्।
चिकित्सकहरूले आराम गर्न सुझाव दिएका भए पनि उनले भने, देश र जनताको भविष्यका लागि यो शारीरिक कष्ट गौण भएकोू भन्दै आफ्नो चुनावी दौडाहालाई निरन्तरता दिएका छन्। पाल्पाको ऐतिहासिक सहरदेखि गुल्मी र अर्घाखाँचीका दुर्गम गाउँसम्म लामिछाने उम्मेदवारहरूसँगै हिँडेका थिए र लाखौं मतदाता तथा समर्थकसँग प्रत्यक्ष भेटघाट गरे। कतिपय क्षेत्रमा उनलाई रातको ९–१० बजेसम्म जनसागरले स्वागत गरेको थियो।
यसपटक काठमाडौँ महानगरका पूर्व मेयर बालेन शाहको रास्वपामा प्रवेशसँगै लामिछानेको आत्मबल थप बलियो भएको छ। उनले पुराना दलहरूको ूकिल्लाू भत्काउने दाबी गर्दै बाँकी जिल्लाहरूमा पनि चाँडै पुग्ने प्रतिबद्धता जनाएका छन्।
असहज शारीरिक अवस्थाबाहेक, लामिछानेको यो सक्रियता कार्यकर्ताहरूमा नयाँ ऊर्जा थप्ने संकेतको रूपमा लिइएको छ। विपक्षीहरूले स्वास्थ्य र कानुनी मुद्दामा टिप्पणी गरिरहँदा पनि उनले गाउँ–गाउँ पुगेर परिवर्तनको पक्षमा उभिनू मतदातालाई अपिल गरिरहेका छन्
तपाईको बिचार