२२ पुष , काठमाडौं । नेपाल सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित भएका छन् । संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पराजुलीको सभापतित्व तथा भौतिक योजना तथा पूर्वाधार मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा मंगलबार ( २२ पुष २०८२ ) सम्पन्न संघको २५औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम , प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले , द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ , महासचिवमा नेत्र बहादुर खत्री, कोषाध्यक्षमा राम प्रसाद कोइराला , सचिवमा केशव राज शर्मा तथा सदस्यहरुमा राजेन्द्र बहादुर खड्का , निस्था गौतम , विश्व शाह ,कृष्ण राज चुदाली ,योगेन्द्र बहादुर श्रेष्ठ ,दिपक राज पौडेल , तिलकलाल श्रेष्ठ , कुमार वस्नेत र सुवोध रिमाल रहेका छन् ।
नेपालमा सौर्य उर्जाको विकास , प्रवर्द्धन र रुपान्तरणसहित दिगो र हरित विकासमा योगदान गर्दै आएको यस सौर्य विद्युत उत्पादक संघले यसै वर्ष आफ्नो २५औं वार्षिकोत्सब ( रजत जयन्ती ) मनाएको छ । सो अवसरमा संघले आफ्नो पच्चीस वर्षको समीक्षा सहित सौर्य उर्जा क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको अनुभव तथा विचारलाई सरोकारवाला समक्ष पुर् याउन “उज्यालो नेपाल” स्मारिका समेत प्रकाशन गरेको छ।
तपाईको बिचार