नेपाल मध्यस्थता परिषद्काे अध्यक्षमा डा राजेन्द्र प्रसाद

777

नेपाल मध्यस्थता परिषद् (NEPCA) मा डा. राजेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। निवर्तमान अध्यक्ष ई. ध्रुवराज भट्टराईको सभापतित्वमा शनिबार ( १९ पुष , २०८२ ) मा सम्पन्न भएको परिषद्को ३४ औं वार्षिक साधारणसभाले उक्त संस्थाको १३औं नयाँ कार्यसमिति निर्विरोध निर्वाचन सम्पन्न गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा थानेश्वर काफ्ले (राजेश) , महासचिवमा ई. मनोज कुमार शर्मा सचिवमा प्रा.डा. गान्धी पण्डित र सरस्वति शाह, कोषाध्यक्षमा सरस्वती शाह , सदस्यहरुमा अनिल कुमार श्रेष्ठ , कामेश्वर यादव , शंकर प्रसाद पाण्डे , श्री ई. सत्य नारायण शाह , सुभाष कुमार मिश्र रहेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर