मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

595

हैदाराबाद । विशेष अनुसन्धान टोली (एसआईटी) ले मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला पारेको जनाएको छ । सोही प्रमाणको आधारमा एसआईटीले सिद्दिकी दोषी रहेकोसमेत जनाएको छ ।

एसआईटीको अनुसन्धानले हेमा समितिको प्रतिवेदन आउनु अघि अभिनेत्री रेवती संपतले शारीरिक दुर्ब्याहारको कुरा गरेको खुलेको छ । तर, सिद्दिकीले आफू फिल्म उद्योगमा चर्चित नभएकाले कसैले पत्यार नलाग्ने भन्दै धम्की दिएको पनि उल्लेख गरिएको छ ।
जानकारहरूका अनुसार एसआईटीको अनुसन्धानको यो प्रतिवेदन छिट्टै अदालतमा पेश गर्ने तयारी भइरहेको छ । तर त्यसअघि टोली अपराध शाखाबाट ग्रिन सिग्नलको पर्खाइमा छ ।

 

समाचार अनुसार सन २०१६ मा भएको घटनापछि अभिनेत्रीले कोच्चिमा मेडिकल मद्दत मागेकी थिइन्, त्यो बेला बयान दिन अस्विकार गरे पनि अहिले भने उनको उपचार गर्ने डाक्टरले अहिले बयान दिएका छन् ।

गत वर्ष नोभेम्बरमा सिद्दिकीले यस मुद्दामा अदालतबाट अग्रिम जमानत पाएका थिए। अदालतले यस मुद्दामा गलत उजुरी गर्ने अभिनेत्रीलाई फेला पारेको जनाएको थियो। अदालतले भन्यो, ‘तपाईंले सामाजिक सञ्जालमा ८ वर्ष पुरानो मुद्दाको कुरा गर्नुभयो तर प्रहरीमा भने किन जानुभएन ?’ अदालतले भनेको छ कि उजुरीकर्ताले १४ जना विरुद्ध यौन शोषणको आरोप लगाएर २०१८ मा फेसबुकमा पोस्ट गरेको थिइन । तैपनि केरला सरकारले गठित हेमा समितिलाई आफ्नो गुनासो लिएर उनी पुगेकी थिइनन ।

 

यस मामिलामा सिद्दिकीको कानुनी टोलीले अभिनेत्रीको पोस्टको आधारमा सिद्दिकीलाई अभियुक्त बनाइएको बताएको छ, अभिनेत्रीले उक्त पोस्टमा कतै पनि अभिनेताको नाम भने उल्लेख गरेकी थिइनन।

 

मलयालम अभिनेत्री रेवती सम्पथले करिब ८ वर्षअघि २०१६ मा अभिनेता सिद्दिकीले एक फिल्मको सिलसिलामा मस्कट होटलमा बोलाएको उजुरीमा पछि आरोप लगाएकी थिइन् । उनी भेट्न आएकी थिइन्, जहाँ उनीमाथि बलात्कार भएको भनिएको छ । जो पछि उजुरी गरेकी हुन् ।

अर्कोतर्फ, सिद्दीकी र उनका वकिलले भने अभिनेत्रीले आफ्नो छवि बिगार्नका लागि मात्रै आरोप लगाएको बताउँदै आएका छन् । रेवतीले आरोप लगाए पछि सिद्दिकीले प्रहरी महानिर्देशकसमक्ष उजुरी दिएका थिए । र, उनले सन् २०१६ मा रेवती सम्पातलाई उनका अभिभावकको उपस्थितिमासमेत भेटेका थिए ।

तपाईको बिचार