काठमाडौ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपति उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न नेपाल प्रहरीको ‘ईन्ट्री’ भएको छ । उनीहरुले नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि टोली त्यहाँ ‘ईन्ट्री’ गरेका हुन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज बिहान नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी गराएकी हुन् । उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएपछि त्यहाँको स्थिति तनावग्रस्त बन्न पुगेको छ।
नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको परराष्ट्रमन्त्री राणाको भनाइ रहेको छ।
‘घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिइएको छ,’ उनले भनिन्।
यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको उनको भनाइ छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्कन अपिल गरिसकेको उनले बताइन्।
तपाईको बिचार