प्रकृतिको मृत्युप्रति कलेजले माग्यो माफी

प्रकृतिको मृत्युप्रति कलेजले माग्यो माफी

601

काठमाडौ । प्रकृति लम्सालको मृत्युप्रति भरातको उडिसामा कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले माफी मागेको छ । नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा कलेज प्रशासनले माफी मागेको हो ।

रुपन्देहीका नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति केआईआईटी कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्‍यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्‍यहारप्रति हामी अत्यन्तै दुस्खी हुँदै माफी चाहन्छौं । हामी नेपाली विद्यार्थीलाई त्यतिबै माया गर्छौं जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौं ।’

तपाईको बिचार