बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ

बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ

599

काठमाडौं । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् अन्ततः पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–२ का ३५ वर्षीय सन्तोष साह रहेका छन्। उनलाई प्रहरी प्रतिवादीको खोजीको सिलसिलामा बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी सप्तरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले दिएका छन्।

खतिवडाका अनुसार, सन्तोष साहले आफ्नी श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत महिनाको ६ गते राति कुटपिट गरेका थिए। त्यसपछि उनी श्रीमतीलाई शम्भुनाथ नगरपालिका(२ स्थित ट्राफिक चोकदेखि चार सय मिटर पूर्व लिई फालेका थिए। भोलिपल्ट स्थानीय नागरिकले गायत्रीलाई फेला पारेर युनिक अस्पतालमा उपचारको लागि लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको थियो।

गायत्रीको मृत्युपछि सन्तोष फरार भएका थिए र उनका बारेमा प्रहरी लगातार अनुसन्धान गर्दै आएको थियो। खतिवडाका अनुसार, गायत्री र सन्तोषको बिहे २०७६ सालको जेठ २६ गते भएको थियो। बिहेपछि उनीहरू बीचमा पटक(पटक विवाद हुने गरेको थियो र यसले उनको सम्बन्धमा तनाव उत्पन्न गरेको थियो।

अन्ततः सन्तोषलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत राजविराजबाट कर्तव्य ज्यानमुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्राप्त गरेको छ।

तपाईको बिचार