आज रानीमहल पुग्दै प्रेमिल जोडी

आज रानीमहल पुग्दै प्रेमिल जोडी

615

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ।

विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक र पर्यटकीय स्थल रानीमहलमा प्रेमिल जोडीहरूको भीडभाड हुने गर्दछ। कालीगण्डकी नदीको किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीकको रूपमा मानिने भएकाले त्यहाँ प्रेमिल जोडीहरू पुग्ने गर्छन्।

तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यहाँ महल बनाएका थिए। यहाँ हरेक वर्ष प्रेम दिवसको अवसरमा युगल जोडीहरू एकअर्कासँग प्रेम साटासाट गर्न आउँछन्।

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसको अवसरमा यहाँ हजारौँ युवायुवती आउने गर्दछन्। पहिले(पहिले मानिसहरू रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहने गरेको स्थानीय दीपक पाण्डेले बताए। यहाँ पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रबाट मानिसहरू आउने गरेको पाण्डेको भनाइ छ।

कालीगण्डकीको किनारमा बनाइएको रानीमहल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ। विसं १९५० मा शिलान्यास गरी १९५४ सालमा निर्माण गरिएको हो।

तपाईको बिचार