काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बनेको ‘रंगी’ चलचित्र एकै साथ प्रदर्शनमा आएका छन्। फरक जनरामा आधारित यी दुई चलचित्र एकै समय रिलिज भएका कारण दर्शकहरूको ध्यान केलाउने चिन्ता निर्माता र निर्देशकलाई परेको छ।
दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो, जसमा निर्देशक लामाले पुरुष पात्रको दमित यौन कुण्ठालाई प्रस्तुत गर्ने प्रयास गरेका छन्।
अर्कोतर्फ, अभिनेता सलोन बस्नेतले पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ सामाजिक पारिवारिक विषयवस्तुमा आधारित चलचित्र हो। यसमा बाबु र छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई चित्रित गरिएको छ।
‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रका टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन्, र त्यसकारण दुवै चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। यद्यपि, ठूला स्टारकास्ट र ब्यानर भएका कारण दिपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ, जबकि ‘रंगी’ ले यसको आधा मात्र सो प्राप्त गरेको छ।
तपाईको बिचार