काठमाडौ । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरेको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संघीय संसदले पनि यही माघ १८ गतेको लागि हिउँदे अधिवेशन आह्वान गरेको छ ।
तपाईको बिचार