एकीकृत समाजवादी ललितपुरको आठौँ जिल्ला अधिवेशन सम्पन्न

एकीकृत समाजवादी ललितपुरको आठौँ जिल्ला अधिवेशन सम्पन्न

595

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्लाको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा हरि कृष्ण थापा उपाध्यक्षमा चिरिकाजी अवाले, दिल्ली बजगाई सचिवमा रविन सिलवाल लगायतलाई चयन गरेको छ।

पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो। बैठकमा पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, केन्द्रीय सचिव सावित्री भुसाललगायतको उपस्थिति रहेको थियो।

तपाईको बिचार